Logo

फाइल तस्बिर

९ फागुन,चितवन। गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक वृद्धको मृत्यु भएको छ । मंगलबार ‘मर्निङ वाक’ हिँडेको समयमा चितवन निकुञ्जबाट आएको गैँडाले आक्रमण गर्दा रत्ननगर नगरपालिका–९ लालपर्साका ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु हो ।

बिहान करिब ६ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैँडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

‘मिलिजुली सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने मोहना चोकदेखि पश्चिम लालपर्सा जाने बाटोको कल्भर्ट छेउमा सो घटना थियो ।बिहानी समयमा हिँड्दा गैंडासँग जम्काभेट भएपछि आक्रमणमा परेको प्रारम्भिक जानकारी आएको छ’, तिवारीले भन्नुभयो ।

मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।


सम्बन्धित समाचार