Logo

९ फागुन,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको छ ।

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच भएको भेटमा ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो । पार्टी विभाजनपछि व्यक्तिगत आरोप प्रत्यारोपबाट गुज्रिएका ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्तै, नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बन्न दबाब बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) लाई एमालेसँगको गठबन्धनबाट अलग गराउन प्रधानमन्त्री पुष्पमहल दाहाल ‘प्रचण्ड’ लाई पाँच वर्ष नै प्रधानमन्त्री बन्न समेत प्रस्ताव गरिसकेको कांग्रेसभित्र देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउन दबाब बढेको हो ।

पार्टीले पाँच वर्ष प्रधानमन्त्री पद नपाउने अवस्थामा देउवा नै राष्ट्रपति बन्नु उपयुक्त हुने दबाव कांग्रेसभित्र बढिरहेको छ । राष्ट्रपतिको निर्वाचनको मनोनयन यही फागुनको १३ गते कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।


सम्बन्धित समाचार