Logo

१० फागुन,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका–३ मा आज श्री आमोदेबि मानव सेवा केन्द्रको भवन निर्माणको शिलन्यास गरिएको छ । पर्सागढीका नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले उक्त दुई कोठे भवन निर्माण कार्यको शिलन्यास गर्नुभएको हो ।

नगरप्रमुख पाठकले मानव सेवा गर्ने उद्देश्यले संचालित यस सस्थांको भवन कार्यको सुरुवात गरिनु पर्साको ग्रामीण भेगकै उदाहरणीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत नगरपालिकाले बिकास निर्माणका कार्यमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धक्त व्यक्त गर्नुभयो ।

पालिकाको चालु आर्थिक वर्ष ०७९÷०८० को बजेटबाट रु १२ लाख र आमोदेवि मानव सेवा केन्द्रको रु ५ लाख गरि जम्मा १७ लाख लागतमा भवन निर्माणको कार्यको थालनी गरिएको मानव सेवा केन्द्रका अध्यक्ष असोक बुर्लाकोटिले बताउनुभयो ।

मानव सेवा गर्ने उद्देश्यले आमोदेवि मानव सेवा केन्द्रको भवन निर्माणको लागि २०७७ पुस १५ गते देखि श्री मद् भागवत महायज्ञको आयोजना भएको थियो ।


सम्बन्धित समाचार