Logo

१० फागुन,काठमाण्डौ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिंगो देशको मुद्दा भएको बताउनुभएको छ ।बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीसँगको छलफलपछि मन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उहाँले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि मन्त्रालयले कार्यदल बनाएको पनि स्मरण गर्नुभयो ।

’हामीले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि ’यातायात व्यवस्था सुधार सुझाव कार्यदल’ बनाएका छौँ,’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ’अब यातायाको मुद्दा व्यवसायी वा व्यक्ति विशेषको मात्र रहेन । यो सिंगो देशको मुद्दा बनेको छ ।’

यातायात व्यवसायीका गुनासो सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले कार्यदलका प्रतिवेदनका आधारमा व्यवसायीका जायज मागहरू सम्बोधन गरिने आस्वासन दिनुभयो ।

’हामी यातायात व्यवसायीले राखेका मागहरू सम्बोधन गरेर ठोस कदम चाल्न चाहन्छौँ,’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ’कार्यदलले हामीलाई जुन प्रतिवेदन दिन्छ, त्यसको आधारमा तपाईंहरूका मुद्दा पनि समेटेर ठोस कदम चाल्छौँ । तपाईंहरूको जायज माग पनि सम्बोधन गर्छौं ।’

 

ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई व्यवसायका समस्या र सुझावहरू समेटेर ४ पृष्ठको सुझाव पेश गरेका छन् । व्यवसायीहरूले मुख्य रूपमा सवारी कर र राजस्व, सडक दुर्घटना, बीमा, पार्कीङलगायतले आफूहरूलाई समस्यामा पारेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

व्यवसायीहरूले सवारी कर र राजस्व, सडक दुर्घटना र असीमित जोखिम, दुर्घटनाको जटिलता र कानुनको पालना, बीमा तथा सवारी कानुन, पञ्जीकरण, विद्युतीय सवारी, ट्रकपार्क तथा हाइवे पार्किङ वे, तौलपुलको अनिवार्यता, यातायात निर्देशनालय बनाउनुपर्ने, अधिकारसम्मपन्न यातायात प्राधीकरण, द्यक्ष्ल् का सम्बन्धमा तथा भारतीय सवारी साधनको अतिक्रमणलगायत विषयमा उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


सम्बन्धित समाचार