Logo

१० फागुन,बारा । बाराको जीतपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता हुने भएको छ ।आयोजक नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बिषयमा जानकारी दिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुर स्थित शान्ति टोल खेल मैदानमा फागुन १२ र १३ गते कराते प्रतियोगिता हुने आयोजक डोजो शाखाका अध्यक्ष तथा प्रशिक्षक मनोज साहले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने बिजेतालाई १५ हजार ,दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैया ,मेडल र शिल्ड प्रदान प्रदान गरिने अध्यक्ष साहले जानकारी दिनुभयो । प्रतियोगिता अवधिभर करिब ४ लाख ३५ हजार ५ सय रुपैया खर्च लाग्ने अनुमान नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले अनुमान गरेको छ । पत्रकार सम्मेलनको उद्घाटन बरिष्ठ समाज सेवी घनश्याम गिरीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार