Logo

१० फागुन, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो ।उनको साथबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरका २ वटा चेक फेला परेको प्रहरीले जनाएको छ ।

उनी हुण्डी कारोबार गरेको आरोपमा २०७५ सालमा पनि २ लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परी राजस्व छली सम्बन्धी कसूरमा अनुसन्धान गरिएका व्यक्ति रहेको कार्यालयका प्रवक्ता सोमेन्द्र राठौरले जानकारी दिए ।


सम्बन्धित समाचार