Logo

११ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा जथाभावी फोहोर गर्ने ७ जनालाई कारबाही गरेको छ । सडकपेटीमा फोहोर गरेबापत उनीहरुलाई जरिवाना गर्दै १९ हजार राजश्व सँकलन गरेको हो ।

सडकमा जथाभावी रुपले फोहोर गरेकाले स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.बिमला महर्जन बछार, रामजी सिकारीया र भवानी साईकललाई सबैभन्दा बढी ५०००/५०००/हजार रुपैँया जरिवाना गराईएको छ ।

त्यस्तै मनकामना गेष्टहाउस, कौशल अग्रवाल, तिरुपती टुल्स, जयमाँ वैष्णो टेडर्सलाई १०००/१००० हजार जरिवाना गराईएको सरसफाई तथा फोहोर व्यवस्थापन अधिकृत सरफुद्धिन मियाँले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार