Logo

११ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोख्रेलको बिदाई भएको छ । उहाँको ठाउँमा चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशाकीय अधिकृतको रुपमा कार्यरत हरिलाल पुरी आउँनुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत पोख्रेलको शिक्षा मन्त्रालयमा सरुवा भएको छ । बि.स.२०७६ साल असोज १० गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकामा हाजिर भएका पोख्रेल जीतपुरसिमराको थुप्रै बक्यौताहरुको फछ्यौँट गरेका थिए ।

उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख राजन पौडेल र उप प्रमुख भोला प्रसाद अधिकारीले फुलमाला , दोसल्लाह र मायाको चिनो प्रदान गरी प्रमुख प्रशासकिय पोख्रेलको बिदाई गरेका थिए भने नगरपलिकामा प्रमुख प्रशासकिय अधिकृतको पदभार सम्हालेका हरिलाल पुरीको स्वागत गरेका थिए ।

उपमहानगरपालिकाको बेरुजु र भुक्तानी फछ्यौटमा प्रमुख प्रशासकिय अधिकृत पोख्रेलले खेल्नुभएका भुमिकाको नगर प्रमुख पौडेलले सराहना गर्नुृभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम करिब ५२ करोड ९६ लाख बेरुजुमध्ये करिब २० करोड आफनो कार्यकालमा फछ्यौँट गराएका छन् ।


सम्बन्धित समाचार