Logo

११ फागुन,पचगावाँ,पर्सा। पर्साको पटर्वासुगौली गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अग्रसरता देखाएको छ । शिक्षामा सुधार कसरी गर्ने ? भन्ने बारेमा पालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुसँग छलफल गरेको हो ।

पालिकामा २४ वटा सामुदायिक विद्यालय छ । बैठकमा वार्षिक परीक्षा समयमा सञ्चालन गर्ने, पालिकाले निर्माण गरेको शिक्षा ऐन सबै विद्यालयलाई उपलब्ध गराउने, विद्यालयलाई प्रविधि मैत्री बनाउन कम्प्युटर प्रोजेक्ट प्रिन्टर उपलब्ध गराउने, विद्यालय सुधार योजना सबै विद्यालयले तयार गर्ने, गुनासो पेटीका राख्ने, ईन्टरनेट जडान गर्ने, लेखा परीक्षण खर्च पालिकाले उपलब्ध गराउने, शिक्षा निर्देशिका पालिकाले उपलब्ध गराउने सहमति भएको छ ।

पटेर्वा सुगौली गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, शिक्षा शाखा प्रमुख सोलेन्द्र पजियारको उपस्थितिमा बसेको बैठकमा प्रधानाध्यापकहरुले विद्यालयमा आईपरेका समस्या र सुधारका लागि गर्नुपर्ने काम बारे सुझाव दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले प्रधानाध्यापकहको गुनासो सुनुवाई गर्दै लैजाने आश्वासन दिनुभएको छ । उहाँले शिक्षा समिति र कार्यपालिका बैठकबाट निर्णय गराएर प्राथमिकताको आधारमा समस्या समाधान गर्दै लैजाने बताउनुभयो । पालिकाको शैक्षिक स्तर नमुना बनाउन पालिकाले सबै किसिमको सेवा सुविधा प्रदान गर्न पालिका तयार रहेको उहाँको भनाई छ ।


सम्बन्धित समाचार