Logo

११ फागुन, वीरगन्ज ।साउथ जोन र मुनलाईट मावि, प्रथम मेयर ईन्टर स्कुल फुटबल टुर्नामेन्ट २०७९ को फाईनलमा प्रवेश गरेको छ । आदर्शनगर रंगशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा नृसिंह मावि पिपरालाई पराजित गर्दै साउथ जोन फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा साउथ जोन र नृसिंहले १–१ को बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटमा साउथ जोनले नृसिंहलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । भेट्रान्स सिटी क्लबको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल चलिरहेको छ ।

दोस्रो सेमीफाईनल खेलमा विजयी हुँदै मुनलाईट माविले अन्तिम दुईमा स्थान बनाएको हो । मुनलाईटले आजै भएको दोस्रो सेमीफाईनल खेलमा विद्या सदन माविलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो ।

निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको आयोजक भेट्रान्स सिटी क्लबका सदस्य सदाम हुसैनले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार