Logo

१२ फागुन, बारा। बाराको जीतपुरमा आज देखि दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको हो ।

प्रतियोगितामा २० देखि ६७ किलो तौल भएका खेलाडिको सहभागिता रहेको छ । जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँबाट ३ सय ८० जना खेलाडिहरुको सहभागिता रहेको हो ।

प्रतियोगितामा प्रथम हुने बिजेतालाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैया, मेडल र शिल्ड प्रदान प्रदान गरिने जीतपुर डोजो शाखाका अध्यक्ष मनोज साहले जानकारी दिनुभयो । प्रतियोगिता अवधिभर करिब ४ लाख ३५ हजार ५ सय रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार