Logo

१२ फागुन, वीरगञ्ज । पर्साको पोखरियामा मोटरसाईकल दुर्घटनामा परि एक जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार दिउँसो दुई बजेको समयमा भएको दुर्घटनामा परि भारतीय नम्बर प्लेट बीआर २२ एन ३७९६ नम्बरको मोटरसाईकल चालक भारत विहार जिल्ला वेतिया पश्चिम चम्पारण बस्ने २२ बर्षिय कैयफली चुरीहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चुरीहारले चलाएको बीआर २२ एन ३७९६ नम्बरको मोटरसाईकलले पोखरिया नगरपालिका–३ बसन्तपुर स्थित भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नंम्बरको मोटरसाईकललाइृ ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए।उनको उपचारको क्रममा पोखरिया अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

अर्को मोटरसाईकल चालक पर्सा जगरनाथपुर गाउँपालिका–५ बस्ने ३४ बर्षिय श्यामबाबु यादवलाई पक्राउ गरिएको उनले बताए।घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको गिरीले बताए।


सम्बन्धित समाचार
भर्खरै