Logo

१२ फागुन,काठमाडौँ । सरकारले संवैधानिक परिषद्का काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ लाई संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको सञ्चार मन्त्री शर्माले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गर्ने, दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने सरकारले निर्णय गरेको छ ।

संघीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रिय सभामा विचाराधिन रहेको प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक,२०७६ फिर्ता लिन स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार मन्त्री शर्माले जानकारी दिनुभयो ।

(मन्त्रिपरिषद्का निर्णय सार्वजनिकीकरण) 

Press-meet2079.11.12


सम्बन्धित समाचार