Logo

१३ फागुन,काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुईजना युवालाई प्रधानमन्त्रीको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडी निवासी वर्ष २१ का हिमराज रोका मगर र वर्ष १९ का पिरम रोकामगर गम्भीर घाइते हुनुभएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि उहाँहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग र पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पु¥याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको हो ।

 


सम्बन्धित समाचार