Logo

१३ फागुन, पोखरिया । बनकटवा युवा उत्थान क्लब पोखरिया नगरपालिका १ बनकटवाको आयोजना मा तथा पोखरीया नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरिया को सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष हृदय नारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा सोहन प्रसाद, अनिल गिरि, धर्मेन्द्र चौरसिया, बाबुराम ढकाल, सुन्दर बैठा, ओजिर आलम, बैधनाथ ठाकुर, श्याम ठाकुर, अर्जुन सिंह, चन्द्र किशोर कुमार,भोला गोरी, लगायतकाले रक्तदान गरेका थिए ।

कार्यक्रममा पोखरिया नगरपालिकाका उपप्रमुख रुवी ठाकुर, निवर्तमान नगरप्रमुख दिपनारायण रौनियार, वडा अध्यक्ष लक्ष्मण साह, प्रहरी उपरिक्षक लालबाबु गिरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीयाका अध्यक्ष भगवान कुर्मी, विध्न्यांचल ठाकुर, प्रनि आयुष जोसी लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रम रक्तसञ्चार केन्द्रका सौरभराज पाण्डे, नमित चौरसिया, दिपेश चौधरी,सिनदु टन्डनले प्राविधिक सहयोग गरेका थिए ।


सम्बन्धित समाचार