Logo

१३ फागुन, वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले आज मधेस प्रदेशका आदिवासी जनजाति सांसदहरूलाई सम्मान गरिएको छ ।

फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्ष नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित कार्यक्रममा आदिवासी जनजाती समुदायका प्रदेशसभा संसदहरूलाई प्रमुअ अतिथि प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभयो ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार मशासंघ फोनिजका संघीय समितिका बरिस्ठ उपाध्यक्ष लक्की चौधरी, मधेस प्रदेश ईन्चार्ज नीरज पिठाकोटे, पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, जनजाति महासंघ मधेस प्रदेशका अध्यक्ष मनोजसिंह दनुवार लगमयतको उपस्थिति रहेको थियो ।

सम्मानित प्रदेशसभा सदस्यहरूले सहकार्य गरेर जाने प्रतिवध्दता जनाउनुभयो ।


सम्बन्धित समाचार