Logo

१३ फागुन,काठमाडौं। नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ। एमाले संसदीय दलको बैठकवाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घन्टामा नेकपा एसलाई नेकपा एमालेले पत्राचार गरको हो।

राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ।

राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’एमाले शनिबार बिहान बसेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा सहयोग माग्दै पत्र लेख्ने निर्णय गरेको थियो।

त्यही निर्णयअनुसार नेकपा एसलाई पनि पत्र पठाएको हो। पुस १० गते एमाले नेतृत्वमा बनेको ७ दलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै गठबन्धन ब्यूँताएका छन्। पुरानो ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन्।

हेर्नुहोस् पत्र

 


सम्बन्धित समाचार