Logo

१४ फागुन,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–१ सिहें डाडाँमा खानेपानी पुगेपछि स्थानिय खुसी भएका छन् । वर्षौदेखि खानेपानीको कारण सास्ती भोग्दै आएका उनीहरुले ईनार निर्माण गरि ट्याङकीमा पानी आएसँगै खुसी भएका हुन् ।

ठोरी गाउँपालिकाले करिब ७ लाखको लागतमा इनारमा पानी तान्ने मोटर लगाई ट्याङ्कीमा पानी झारेपछि अब सिहें डाँडा, तिनघरे होमस्टे र वरपिपल टोलका स्थानियले खानेपानीको समस्याबाट छुटकारा पाएका छन् । स्थानिय दिलबहादर कुवँरका अनुसार १८ घरपरिवारको बसोबास भएको यस बस्तीमा हाल खानेपानीकै अभावले ९ परिवार बसाईसराई गरेर अन्यत्र गएका छन् ।

आफूहरुले लामो समयदेखि यो समस्या झेल्दै आएको भएतापनि अबभने ट्याङकीमा पानी आएपछि सधैँका लागि यो समस्याबाट राहत पाएको उहाँले बताउनुभयो । खानेपानीको समस्याका कारण यस क्षेत्रको बस्ती नै विस्थापित हुने अवस्थामा रहेको उहाँको भनाई छ ।

खानेपानीको लागि लामो समयदेखि नै सङ्घर्ष गरेको भएपनि अब पानी खान नपाएर मरिन्छ कि भन्ने डरबाट भने मुक्त भएको उहाँले बताउनुभयो । यता सुरुमा इनारबाट मोटरले पानी तान्न सक्दैन कि भन्ने चिन्ता रहेपनि निकै प्रयास गरेपछि ट्याङकीमा पानी ल्याउन सफल भएको गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले जानकारी दिनुभयो ।

आफूहरु निर्वाचित भएदेखि नै यो समस्या समाधानमा लागि परेको र अहिले सफलता प्राप्ती गरेको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । सो क्षेत्रका नागरिकलाई बिकासका सम्पूर्ण पूर्वाधारहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफूहरु अघि बढेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । सिंहे डाँडा, तीनघरे र होमस्टे लगायतको क्षेत्रलाई सुन्दर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 


सम्बन्धित समाचार