Logo

१४ फागुन,काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।

जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँका अनुसार कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।राष्ट्रपति निर्वाचनका लागि समीकरण बन्नुमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता तथा संविधानको रक्षालाई आधार मान्ने विषयमा पनि दलहरू एकमत रहेको श्रेष्ठले बताए ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ । राष्ट्रपति पदका लागि आठ दलको समर्थनमा रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।


सम्बन्धित समाचार