Logo

१५ फागुन, वीरगञ्ज । आशिर्वाद हस्पिटल कलैयाले आज सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कलैया स्थित रामराजा मोहन बिक्रम साह बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा आशिर्वाद हस्पिटल कलैयाका संचालक एवं स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर राजेश साहले छात्राहरुलाई महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु जस्तै आफुले प्रयोग गरेको सेनिटरी प्याड कत्ति समय सम्म प्रयोग गर्ने ,एकदिनमा कतिवटा प्याड प्रयोग गर्ने ,अत्याधिक रतmस्राव हुंदा अपनाउनु पर्ने सावधानीका साथै साफसफाई लगायत महिनावारीमा कस्तो खालको संतुलित खाना खाने शारिरिक ब्यायाम कसरी गर्ने सम्बन्धी जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सचेतना संगै महिलाहरुलाई भबिष्यमा आईपर्ने बिभिन्न किसिमका समस्याहरुको समाधान कसरी हुन्छ भन्ने जानकारी गराउनुका साथै ३ सय पिस निशुल्क प्याड समेत बितरण गरिएको थियो । कार्यक्रममा अस्पतालकी नर्सिग ईन्चार्ज बिन्दु चौधरी लगायत ८ जनाको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार