Logo

१५ फागुन,कलैया,बारा । विद्यार्थीलाई ठगी गरेको आरोप लागेको गार्डेन सिटी कलेज विरुद्ध जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान शुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्य नेतृत्वको टोलीले कलेजका संचालक मध्येका एक चन्द्रीका गुप्तालाई बोलाएर सोधपुछ गरेको हो ।

टोलीले कलेजसंग भएका कागजात सहित जिल्ला प्रशासन कार्यालय मंगलबार उपस्थित हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी गराउनु भयो । गुप्ताले कोअपरेटिभ ईङग्लिश बोर्डिङ स्कुलको नाममा मानविकी र कानुन संकायमा कक्षा ११ र १२ संचालनको अनुमती लिएर केही व्यक्तीसंग मिलेर गार्डेन सिटी कलेज खडा गरि भाडा संचालनको अनुमति भाडामा दिएर विद्यार्थी भर्ना लिइ कक्षा संचालन गरेका थिए।

विद्यार्थीहरुले कक्षा ११ को मार्कसिट कोअपरेटिभ ईङ्गलिश बोर्डिङ स्कुलको पाएपछि गार्डेन सिटी कलेजको ठगी धन्दा बाहिर आएको थियो । जिल्ला प्रशासन कार्यालयले छानबिन प्रक्रिया अगाडि बढाएपछि अहिले गार्डेन सिटी कलेजको बन्द गरेर गुप्ताले विद्यार्थीहरुलाई कोअपरेटिभ ईङ्गलिश बोर्डिङ स्कुलमा बोलाएर कक्षा संचालन गरिरहेका छन ।

यता अनुसन्धानलाई अगाडि नबढाउन नेपाली कांग्रेस बाराकएक जना पदाधिकारी लागि परेका छन ।

 


सम्बन्धित समाचार