Logo

१५ फागुन, पचगावाँ,पर्सा । चार वर्ष देखि अप्राकृति मैथुन र काठ मुदाको फरार रहेका एक जनालाई प्रहरीले पटेर्वासुगौलीबाट पक्राउ गरेको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानी बस्ने ३० वर्षिय अबदुल मिया अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विगत चार बर्ष पहिला अप्राकृतिक मैथुन मुदामा ५ वर्ष कैद र काठ मुदामा २६ दिन कैद सजयको फैसला पर्सा जिल्ला अदालतले गरेको थियो । सोही समयदेखि उनी भारत र नेपालको विभिन्न स्थानमा लुकी छुपी बस्दै आएका थिए ।

सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको प्रहरी टोलीले उनकै घर नजिकै सडकबाट हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार