Logo

फाईल—फोटो

१६ फागुन, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका महिला वीरगञ्जमा डेरा लिई बस्ने गरेको बताईएको छ । प्रहरीले पक्राउ गरेका उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पनि प्रहरीले पटकपटक यस्तो गतिविधिमा सलग्नं रहेका महिलालाई पक्राउ गरि सम्झाई बुझाई गरेर छोडेको भएपनि यस्ता गतिविधि हुन नछाडेकाले यसपटक भने उनीहरुलाई पक्राउ नै गरि अदालतबाट मुद्दा चलाईएको हो ।

ती महिला सो सडकखण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरूलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीको दावी छ ।

सार्वजनिक स्थल तथा जङ्गल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडकमा दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने भन्दै पक्राउ गरिएका महिलाको एचआईभी समेत परीक्षण हुने प्रहरीले जनाएको छ ।

यौनजन्य गतिविधिमा सलग्ंन रहेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गर्ने तर पुरुषलाई भने छोड्ने गरेको छ । साथै पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो क्षेत्रभित्र भएका यस्ता गतिविधि रोक्न खासै चासो नदेखाएको बताईएको छ ।

 


सम्बन्धित समाचार