Logo

१७ फागुन,काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक अब राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावपछि चैत ५ गते बस्ने गरी स्थगित भएको हो ।

संसद सचिवालयले सूचना निकालेर आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको थियो ।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति पदको लागि चुनाव हुँदैछ ।


सम्बन्धित समाचार