Logo

१७ फागुन,पचगावाँ । पर्साको पोखरीयामा डाइरेक्ट हुकिङ गरि विद्युत चलाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रको चुहावट नियन्त्रण टोली, ईलाका प्हरी कार्यालय पोखरीया र सशस्त्र प्रहरी बल पोखरीयाको सयुंक्त टोली १ थान फ्रीज सहित गए राती सवा ११ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विन्दाबासीनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदिश कमकर, सोही गाउँपालिका सखुवनियका सम्भु महतो थारु, जिराभवानी गाउँपालिका सखुवनियाका रामसरण माझी, हरैयाका शिवनारायण चौधरी, नौकाटोलाका ब्रहमान्द महतो थारु, ठग पजिंयार र जगरनाथपुर गाउँपालिकाका जगर मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको पोखरीया वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार