Logo

फाइल तस्बिर।

१७ फागुन, वीरगञ्ज । अख्तियारले वीरगञ्जको नारायणी अस्पतालमा जडान भईरहेको एमआरआईसहित बिभिन्न मेसिनको निरिक्षण गर्दै छानबिनको लागि फाईल नियन्त्रणमा लिएर गएको छ ।

आज अख्तियारको केन्द्रिय कार्यालय काठमाडौंबाट आएको टोलीले अस्पतालमा जडान भएको तथा भईरहेको मेशिनहरुको निरिक्षण गर्नुका साथै सम्बन्धित फाईलहरु लिएर गएको हो ।

अस्पतालमा बिरामीको परिक्षण तथा उपचारको लागि खरिद गरिएको मेशिनरी सामानहरुको बारेमा परेको उजुरीको आधारमा छानबिन गर्न फाईल लिन अख्तियारको टोली आएको नारायणी अस्पतालका चिकिकत्सक डां.उदय नारायण सिँहले जानकारी दिनुभयो ।

ईको, एक्सरे र पिएसटी मेशिन बारेमा अख्तियारले छानबिनको लागि फाईल माग भएकाले उपल्बध गराइएको बताउनुभयो । यसैबीच टोलीले केही समय अघि मात्रै चीनबाट खरिद गरि ल्याइएको एमआरआई मेशिनको समेत निरिक्षण गरेको थियो । अस्पतालमा अहिले एमआरआई मेशिन धमाधम जडान गर्ने कार्य भईरहेको छ । उक्त मेसिन १५ दिन अघि मात्रै अस्पतालमा आईपुगेको हो ।


सम्बन्धित समाचार