Logo

१८ फागुन,काठमाण्डौ । आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया क्षेत्र छनोटमा अहिले नेपाल र यूएई खेलिरहेका छन् ।यूएईको आजमानमा रहेको इडेन गार्डेन्समा नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

नेपालले २७ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको छ ।यसअघि नेपालले सुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो ।चार खेलमा समान ८ अंक रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।नेपाल र यूएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमूनीको विश्वकप खेल्नेछ ।

नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित हुँदै दुई वटा विश्वकप खेल्न पाएको थिएन ।सभार— उज्यालो


सम्बन्धित समाचार