Logo

१८ फागुन,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति पर्साको सहयोग, पर्सागढी नगरपालिका र युवालयको समन्वय तथा कम्युनिटि डेभलपमेन्ट ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रालिद्वारा आयोजित अभ्यास प्रशिक्षण सम्पन्न भएको हो ।

पर्सागढी नगरपालिकाका नौ वटै वडाका युवाहरूलाई व्यक्तितब विकास, नेतृत्व विकास, लोकतन्त्र र लोकतान्त्रिक संस्कारको विषयमा तालिम दिईएको थियो । आयोजक संस्थाका अध्यक्ष सुनिल रौनियारको अध्यक्षतामा भएको समापन समारोहमा मन्तव्य राख्दै पर्सागढी नगरपालिकाकि उपप्रमुख पूजा चौधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास, सामुदाियक वन उपभोक्ता जिल्ला महासंघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ, युवालयका अध्यक्ष संतोष महर्जन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण रामनिवास यादवले गर्नुभएको थियो ।

चारदिनसम्म युवा सञ्जालका अभिनास कार्की, श्याम साह र सुहाना मिश्रले प्रशिक्षण दिएको युवालय पर्साका संयोजक राहुल साहले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार