२० फागुन, वीरगञ्ज ।पर्साको पोखरीयामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–५ मसिहानी घर भएका ४५ वर्षीय चोकट मुखिया बिनको मृत्यु भएको हो ।
वीरगञ्ज–९ सिमखरि चोकबाट पोखरीयातर्फ जादैँ गरेको ना ४२ प १७५९ नम्बरको मोटरसाइकल हिजोराती करिब ९ः३५ बजे पोखरीयामा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा थप एकजना घाइते भएका छन् ।
पोखरीया नगरपालिका–३ फुलबरिया बस्ने ३९ वर्षीय विश्वजित राउत गिरी घाईते भएका हुन् । घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीको टोलीले बिन र गिरीलाई उद्दार गरि उपचारका लागि पोखरीया अस्पताल लगेको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा मोटरसाइकलमा पछाडि सवार बिनको राती नै मृत्यु भएको र मोटरसाइकल चालक गिरीको दाहिने हात फ्याक्चर भएको तथा उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सूचना अधिकारी दिपक गिरीले जानकारी दिनुभयो ।
मृतकको शव पोष्र्टमार्टम गरि घटना विषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता गिरीले बताउनुभयो ।















