Logo

२० वीरगञ्ज, पचगावाँ ।पर्साको पटेर्वासुगौली स्वास्थ शाखा पर्साको आयोजना र पटेर्वासुगौली गाउँपालिका–४ सुगौली स्वास्थ चौकीमा एक दिने स्वास्थ शिविर सम्पन्न भएको छ ।

शिविरमा वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डाक्टर राजेन्द्र चौधरी, डाक्टर विमला महर्जन बछार र गादीमाई पोलिक्लिनिक पचगाँवाका डाक्टर राजन पुरी लगायतले सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

महिलाको पाठेघरको जाँच, गर्भवती महिलालाई प्रस्तुति रोग सम्बन्धि जाँच, गर्भावस्था एवम् प्रसुती रोग सम्बन्धि १२० जनालाई चेकजाँच गरि औषधि वितरण गरिएको पटेर्वासुगौलीका स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले बताउनुभयो ।


सम्बन्धित समाचार