Logo

२१ फागुन,वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो ।

आज मध्यान्न १२ बजे बुद्धचोकमा वीरगञ्जबाट विराटनगर तर्फ जाँदै गरेको को १ ख ५७०० को बसले ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बसको ठक्करबाट मिया गम्भिर घाईते भएको जानकारी दिनुभयो ।

मियालाई सीटी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको उहाँले बताउनुभयो । गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।

 


सम्बन्धित समाचार