२१ फागुन,बारा । बारामा भएको प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधी एपीएफ पिलुवाले उचालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ मा भएको फाइनल खेलमा एपीएफ महोत्तरीलाई ३–२ सेटमा पराजित गर्दै एपीएफ पिलुवाले उपाधी उचालेको हो । दुई विभागिय टिमको उपाधी भिडन्त रोमाञ्चक बनेको थियो ।
उपाधी विजेता एपीएफ पिलुवाले नगद ८० हजार र उपविजेता एपीएफ महोत्तरीले ४० हजार प्राप्त गरेको छ । मधेस प्रदेशसभाका सदस्य एवम् समापन कार्यक्रमका प्रमुख अतिथि देवनारायण चौधरीले खेलाडी र टिमलाई पुरस्कार वितरण गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नं. १३ को सहयोगमा डुमरवाना विकास मंचले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।
















