२२ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेको दलित बस्तीमा वडाध्यक्षले मन्दिर बनाई दिएका छन । वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादवले आफनो निजी लगानीमा बस्तीमा मन्दिर बनाइ दिनु भएको हो ।
यादवले आफनो बुवा रामानन्द राउत अहिर र आमा सिमाती देबी अहिरनीको नाममा मन्दिर निर्माण गरेका हुन । सवा चार लाखको लागतमा बस्तीमा मन्दिर निर्मााण भएपछि त्यहाँका दलित समुदायहरु खुशी भएका हुन् ।
उनीहरुले लामो समयदेखि पुजापाठ भुईमै गर्दै आएकोमा मन्दिर निर्माण भएपछि मन्दिरमा नै पुजा गर्ने बताएका छन ।लक्ष्मिपुर टोलकी दलित महिला पहुनिया देबी माझीनले पहिले भुईमै भगवानको पुजा गर्नुपर्ने अवस्था रहेकोमा वडाध्यक्ष यादवले मन्दिर बनाई दिएपछि मन्दिरमा पुजा गर्न सजिलो भएको बताउनु भयो ।
उहाँले खुल्ला ठाउँमा भुईमै पुजा गर्दा मानिसहरु चप्पल जुता नै लगाएर भगवानको स्थानमा जाने गरेको,जनावरहरु पनि सजिलै त्यहाँ पुग्न सकेको अवस्था रहेकोमा मन्दिर बनेपछि त्यस्तो अवस्थाको अन्त्य भएको बताउनु भयो ।
माझीनले बिहेदेखि हरेक शुभकार्यका साथै दैनिक रुपमा पनि पुजा पहिले भुईमै गर्नुपरेको बताउनुभयो । उहाँले वडाध्यक्षले मन्दिर बनाएपछि खुशी लागेको बताउनु भयो । वडाध्यक्ष यादवले दलितहरुले पुर्खौदेखि मनिदरको अभावमा भुईमै पुजा गरेको थाहा पाएपछि आफनै निजी पैसाले मन्दिर बनाएको बताउनुभयो ।