Logo

२३ फागुन, वीरगञ्ज । तिथि घटबढका कारण रङैरंङको पर्व फागु अर्थात होली पर्व भोली बुधबार मनाउने भएको छ । आफ्नो ईच्छा अनुसार कतिपयले हिजो होली मनाएका छन् । कतिपयले आज मनाउँदैछन् भने कतिपयले भोली मनाउने तयारी गरेका छन् ।

तराई मधेसमा यसवर्ष पनि तीन दिन नै होली मनाइएने भएको छ । तराई मधेसमा होलिका दहन आज बिहान मात्रै सम्पन भएको हो । वीरगन्जको विभिन्न स्थान तथा चोकहरुमा होलिका दहन गरिएको छ ।

होलिका दहनपछि कोडी, पैसा र खरानी घर लगिएको छ । होलिका दहनका लागि बालिएको आगोमा कृषि उपजहरु चनाको, गहुँको बाला चढाईन्छ । त्यसलाई घर लगेर पर्सादको रुपमा ग्रहण गर्ने चलन छ ।

कतिपयले भने आज मंगलबार माछामासु बार्ने चलन रहेकोले भोलि मात्रै होली खेल्ने तर्क गरेका छन् । तर वीरगञ्जका राजेश प्रसाद रोनियारले आज पाँच बजेपछि मात्रै एकम अर्थात प्रतिपदा शुरु हुने हुँदा भोलि मात्रै होलि खेलिने बताउनुभयो ।

मंगलबार बारेको कारणले भन्दा पनि प्रतिपदा तिथी ढिलोगरि शुरु हुने भएकोले आज होली नखेलिने उहाँको भनाई छ । होलीको अवसरमा जमघट भई रमाईलो गर्न वीरगञ्जको विभिन्न स्थानमा आज सांस्कृतिक कार्यक्रम तथा कन्सर्टको आयोजना गरिएको छ ।


सम्बन्धित समाचार