Logo

२३ फागुन, वीरगञ्ज । होली पर्वलाई सभ्य र मर्यादित भएर मनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ । होलीको समयमा हुने उच्छृङखल गतिबिधि रोक्नको लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

होली पर्वलाई सभ्य र मर्यादित बनाउनको लागि सुरक्षा व्यवस्था चुस्त बनाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो ।

होलीका बहानामा हुने अपराधिक कृयाकलाप रोक्नको लागि प्रहरीले भिडभाड गर्ने, जवरजस्ती रङ लगाउने तथा पानीका लोला हान्ने होली खेल्ने क्रममा कुनैपनि अमर्यादित तथा उछृङखल क्रियाकलाप हुन नदिन आकस्मिक सवारी चेकजाँच, पैदल गस्ती, कार्यक्रममा स्थलहरुमा प्रहरी खटाईएको, मोबाइल गस्ती, सिसिटिभी क्यामेराहरुबाट मानिसहरुको क्रियाकलापमा निगरानी गर्ने लगायतका कार्यहरु प्रहरीले गरिरहेको एसपि शाहले बताउनुभयो ।

 

 


सम्बन्धित समाचार