Logo

फाइल तस्बिर

२४ फागुन, वीरगञ्ज । वीरगञ्जबाट मावन वेचविखनको जोखिममा परेका दुई जना चेलीको उद्धार गरिएको छ । मानव वेचविखन नियन्त्रणका लागि काम गर्दै आएको संस्था आफन्त नेपालले दुई जना चेलीको उद्धार गरेको हो ।

सर्लाही घर भएकी १४ वर्षीया बालिका र सुनसरीको धरान बस्ने २६ वर्षीया युवतीलाई उद्धार गरेर आफन्तको जिम्मा लगाईएको आफन्त नेपाल वीरगञ्जकी प्रमुख सुनिता सापकोटाले जानकारी दिनुभयो ।

२१ गते भेटिएकी युवती लागु औषध सेवन गरेर वेवारिसे अवस्थामा भेटिएकी थिईन भने १२ वर्षीया बालिकालाई आमाको समेत सहमति लिएर दुई जना भारतीय नागरिकले हरियाणा लैजाने तयारी गरेका थिए ।

दुवै जना चेली र उनीहरुको अभिभावकलाई सम्झाई बुझाइ गरेर घर फिर्ता पठाईएको सापकोटाले बताउनुभयो ।


सम्बन्धित समाचार