Logo

sf7df8f}F, @$ kmfu’gM /fk|kf sfo{;Dkfbg ;ldlt a}7ssf ;xefuL /fli6«o k|hftGq kf6L{ – /fk|kf _ sf] s]G›Lo sfof{no w’Daf/fxLdf a’waf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;Dkfbg ;ldltsf] a}7sdf ;xefuLx? . tl:a/ M xl//fd e]6’jfn÷/f;;

२४ फागुन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।
आज केन्द्रीय कार्यालय धुम्बाराहीमा पाँच घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।बिहीबार राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

गत फागुन १३ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका थिए।त्यसबेला पनि राप्रपा कुनै पनि उम्मेदवारको समर्थन र प्रस्तावक बसेको थिएन।

राप्रपाको कार्यालयमा पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश पदाधिकारीलाई राष्ट्रपतिका दुवै उम्मेदवारहरूले भेटवार्ता गरी भोटसमेत मागेका थिए।

तर राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाले राष्ट्रपति चुनावमा कसैलाई मतदान नगर्ने निर्णय गरेको छ। पार्टीको एजेन्डा राजसंस्था भएकोले राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने अधिकांश केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आजको बैठकमा धारणा राखेका थिए। सभार सेतोपाटी

 


सम्बन्धित समाचार