२४ फागुन, बारा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) बाराले ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सिमरामा मनाएको छ । “लैङ्गिक समानताको बलियो अधार ,सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार ” मुल नारा तय गरिएको कार्यक्रमको उद्घाटन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) मधेश प्रदेशका अध्यक्ष शिला खनालले गर्नुभएको थियो ।
लामो समयको संङ्घर्षको प्रतिफल स्वरुप हरेक क्षेत्रमा महिला प्रतिनिधित्व हुनुपर्ने ब्यवस्था आएको बताउँनुभयो । खनालले महिलाहरुले आफनो अधिकार लिने र अरुको अधिकार पनि दिने गर्नुपर्ने धारणा राख्नुभयो । नेकपा माओवादी केन्द्रका बैकल्पिक सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले उपमहानगरपालिकाले गर्ने क्रियाकलाबमा महिला सुनिश्चितता निश्चित गर्न लागि परेको बताउँनुभयो ।
उपमहानगरको शिक्षा क्षेत्रमा महिला नेतृत्वदायी भुमिकामा कम देखिएकाले अबको २।३ बर्ष भित्र ३०।४० प्रतिशतसम्म पुरयाउँने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले त्यस अनुसार काम गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा महाशाखालाई निर्देशन दिएको बताउँनुभयो । नगर प्रमुख पौडेलले महिलाहरुलाई आफनो पुरुष प्रधानत्व सोच बदल्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बारा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले माओवादी केन्द्रले गरेको निरन्तरको आन्दोलन तथा बलिदानीले संघिय सरकार देखि स्थानीय तहको वडाको संरचनासम्म महिलाको प्रतिनिधित्व भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य गिता कडेँलले महिलाहरुलाई प्राप्त उपलब्धिको रक्षा गर्दै आफनो अधिकारकोलागि लडिरहनुपर्ने बिचार ब्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष शोभा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सिता के.सि.ले गर्नुभएको थियो ।















