Logo

२५ फागुन, काठमाडौं।मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्।

‘बिहान १० बजे देखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानवाट बञ्चित हुनेछन्।’
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मतदान सम्पन्न भएसँगै गणना सुरु गर्ने र भोली साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ।
संघीय संसदभवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरन्य व्यवस्थापकीय तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।

मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्रको व्यवस्था लगायतका अन्य तयारी बुधबार दिउसो नै गरिसकिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो।
राष्ट्रपति निर्वाचनमा संघीयसंसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ।

निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ। निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन्।

निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजना कर्मचारीको टोली खटिने व्यवस्था गरिएको छ। निर्वाचनसँगै संघीय लोकतान्त्रिक गणतनेत्त्र नेपालले तेश्रो राष्ट्रपति पाउँदै छ।

पहिलो राष्ट्रपतिकारुपमा डा रामवरण यादवको कार्याकाल २०६५ देखि २०७२ साल सम्म रह्यो। करिव ७ वर्ष राष्ट्रपति रहेका यादवबाटै नेपालको संविधान जारी भयो। त्यसैगरी वर्तमान राष्ट्रपति विद्यदेवी विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते राष्ट्रपति निर्वाचित भइन्।

राष्ट्रपपति भण्डारीले पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न वि.सं. २०७४ साल फागुन ३० गतेदेखि दोस्रो कार्यकालका लागि निर्वाचित भएर राष्ट्रपति पदको कार्यभार सम्हालेकी हुन्। राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने नेपालकै पहिलो र विश्वको छब्बीसौँ महिला हुन्।आज हुने निर्वाचनसंगै मुलुकले तेश्रो राष्ट्रपति पाउँदै छ। अब निर्वाचित राष्ट्रपति व्यक्तिका हिसावले तेश्रो र कार्कालका हिसावले चौथो कार्यकालका लागि हुनेछ।

 


सम्बन्धित समाचार