Logo

२५ फागुन,काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६९४ जनाले मतदान गरेका छन् ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ २८५ र प्रदेश सभातर्फका ४०९ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।बिहीबार बिहान १० बजेदेखि सङ्घीय संसद् भवनमा राष्ट्रपति निर्वाचनका लागि मतदान भइरहेको छ ।

सङ्घीय संसद् र प्रदेश सभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।


सम्बन्धित समाचार