Logo

२५ फागुन, काठमाडौं ।गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्।उनका प्रतिद्वन्द्वी एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मतभार पाए।


सम्बन्धित समाचार