Logo

२५ फागुन, ठोरी । पर्साको ठोरी गाउँपालिका–४ मा रहेको सर्पदंश केन्द्र स्थापना भएको ३ वर्ष पुरा भएको छ । सो अवसरमा उपचार केन्द्र परिसर पानीट्याङ्कीमा आज कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाईएको हो ।

केन्द्रले तथ्याङक सार्वजनिक गर्दै हालसम्म ४ सय १४ जना सर्पदंशका बिरामीको उपचार गरेको जनाएको छ । त्यस्तै १५ जना अति विषालु सर्पले डसेको बिरामीको उपचार गर्न केन्द्र सफल भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सर्पदंश केन्द्रले ग्रामीण क्षेत्रका सर्पले डसेका बिरामीको जीवन रक्षा गरेको भन्दै केन्द्रको प्रशंसा गरेका छन् । ठोरी लगायतका ग्रामीण क्षेत्रका स्थानीयले सर्पले डसेकै कारण ज्यान गुमाउन बाध्य हुने अवस्थाको अन्त्य भएको भन्दै सर्पदंश केन्द्रलाई सबै पक्षको साथ आवश्यक रहेको उनीहरुको विचार छ ।

सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाले उपचारका निमित्त जनशक्तिको व्यव्स्था गर्दै आएको सो केन्द्र व्यवस्थापन समिति अध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो । निशुल्क उपचार सेवा रहेको केन्द्रमा आर्थिक र औषधि व्यव्स्थापनको व्यवस्था भने ठोरी गापाले गर्ने गरेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार