Logo

२५ फागुन, बारा । होलि चाडपर्बको फाईदा उठाउँदै भु माफियाले जग्गा हड्प्ने मनसायले साढे पाँच हेक्टर क्षेत्रफल लगाईएको बिरुवा नष्ट गरेका छन् ।

मङ्गलबार राती बाजागाजा सहित होलिको गित ,सँगितमा रमिएका बस्तीको फाईदा उठाउँदै भु माफियाले बाराको कोल्हबी नगरपालिका वडा नं.५ स्थित रामबनमा लगाईएको करिब ९ हजार बिरुवा नष्ट गरेका हुन् ।

भु माफियाले तारबार र पोलहरु उखालेर बिरुवा नष्ट गरेको सहायक बिन अधिकृत जवाहर कुर्मीले जानकारी दिनुभयो ।बन अतिक्रमण हटाई बृक्षारोपण गरिएको बिरुवा नष्ट गर्नुको मुख्य उदेश्य जग्गा हड्पने नियत नै भएको सहायक बन अधिकृत कुर्मिले दाबी गर्नुभयो ।

आर्थिक बर्ष २०७७।०७८ मा तत्कालिन डिभिजन बन अधिकृत मञ्जुर अहमद नेतृत्वको टोलीले स्थानीय प्रशासनको सहयोगमा बल प्रयोग गरेर कब्जा गरिएको बनको जग्गामा बनाईएको बस्ती हटाएर बनको मातहत ल्याएको थियो ।

मातहतमा ल्याईएको जग्गामा तारबार गरी करिब १० लाखको लागतमा टिक ,मसाला लगायतको बिरुवा रोपिएको थियो ।बन सहायक अधिकृत कुर्मीले लतरा साईजको बिरुवा नष्ट गर्ने जघन्य अपराध संगठित गिरोहको नै हुनुपर्ने शंका ब्यक्त गर्नुभयो ।

उहाँले यस्तो क्रियाकलाप गर्ने जोसुकै भएपनि उसलाई कानुनी कार्बाहीको दायरामा ल्याईने बताउँनुभयो । कोल्हबी नगरपालिका वडा नं.५ मा चुनावी समयको एजेन्डा नै बनको जग्गा निजीकरण गर्ने हुने गरेको स्थानीय बताउँछन् ।

बिरुवा नष्ट गरे(फोटो सहित)


सम्बन्धित समाचार