Logo

२६ फागुन,वीरगञ्ज । प्रि–मनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको छ । तराईका केही जिल्लाको तापक्रम ३० डिग्री सेल्सियस नाघिसकेको छ । जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, धरान ३१ दशमलव ८, भैरहवाको ३१ दशमलव ९, सिमराको ३१ दशमलव ४, विराटनगरको ३१ दशमलव २, नेपालगञ्जको ३० दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । यता वीरगञ्जमा भने आज सबैभन्दा उच्च ३३ डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान छ । जुन हिजोको तापक्रम भन्दा २ डिग्री सेल्सियसले बढी हो ।

वीरगञ्जको रानीघाट स्थित क्षेत्रीय कृषि औजार अनुसन्धान केन्द्रमा रहेको अटोमेटिक वेदर स्टेशनमा आज बिहान ८ः४५ बजे वीरगञ्जको तापक्रम १५ डिग्री सेल्सियस देखिएको छ । भने हिजो साँझ ५ः४५ बजे ३१.५ डिग्री सेल्सियस तापक्रम देखिएको थियो । स्टेशनका अवजर्भर कामेश्वर राउतले तापक्रम निरन्तर उकालो लागि रहेको बताउनुभयो ।

वीरगञ्ज जस्तै तराई मधेसका अन्य ठाउँमा पनि तापक्रम निरन्तर बढिरहेको छ । यसपालिको हिउँदमा खासै पनि नपरेकाले सुक्खापन बढेको छ । हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ । यसपालि माघ महिनादेखि जाडो कम भइसकेको थियो ।

अहिले केही ठाउँको मौसम बदली भइरहे पनि अबको दुई÷चार दिनसम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । एक÷दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अरु ठाउँमा भने घाम लागेको छ ।


सम्बन्धित समाचार