Logo

२६ फागुन, पर्सागढि ।नेपाल शिक्षक संघ पर्सागढि नगरपालिकाको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । नेपाल शिक्षक महासंघ पर्सागढीका अध्यक्ष रामबहादुर चौधरीले नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गराउनु भएको हो ।

गत माघ २८ गते दोस्रो स्थानीय अधिवेशनबाट सर्वसम्मत चयन भएका उनीहरुलाई आज पर्सागढी–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछटैलीको प्राङगणमा शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यस्तै माघ २८ गते अधिवेशनको बन्द सत्रबाट योगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा उपाध्यक्षमाद्धय उर्मिला चौधरी, सन्जय प्रसाद यादव, सचिबद्धयमा सुरज नारायण पटवारि, जगत नारायण दास, सहसचिबमा प्रेममाया गुरुङ लगायत २६ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन भएका थिए ।

 


सम्बन्धित समाचार