Logo

२६ फागुन,वीरगञ्ज । मतदाता नमावलीका सम्बन्धमा देखिएको समस्या समाधानका लागि ठाकुरराम बहुमुखी क्याम्पस शिक्षण शाखाका सह प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानवीन समिति गठन गरिएको छ ।

समितिमा निर्वाचनमा सहभागी हुनका लागि दर्ता भएका ३५ वटा विद्यार्थी संघ, संगठन तथा समूहका प्रमुख, प्राध्यापक, कर्मचारीको वैचारिक संगठन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनीधि सदस्य रहनेछन् ।

समितिले तीन दिन भित्र निर्वाचन अधिकृतको कार्यालयलाई प्रतिवेदन दिनेछ । त्यसैको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको छ । निर्वाचन अधिकृत रोशन लामिछानेले छानवीन समितिले विद्यार्थीको नाम रुजु गरेर प्रतिवेदन पेश गर्ने बताउनुभयो ।

समितिले बुझाउने प्रतिवेदनको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली तयार गरेर प्रकाशन गर्ने उहाँको भनाई छ । स्ववियु निर्वाचन तोकिएकै दिनमा गर्ने गरि संसोधित कार्यतालिका सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार