Logo

२६ फागुन,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भएको आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई रिहा गरेको हो ।

क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने लगायतको टोली जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उनीहरुलाई छुटाएर ल्याएका हुन् ।

क्याम्पसको समस्या क्याम्पसमै सल्टाउने भन्दै क्याम्पस प्रमुख नै आएर विद्यार्थीलाई छोडिदिन आग्रह गरेपछि उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार