Logo

२७ फागुन, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहलाई अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ मा पर्ने राष्ट्रिय वन क्षेत्रमा पर्ने ५.३ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको ८५५० विरुवा गएको मंगलबार राति भूमाफियाहरुले नष्ट गरी तारबार समेत भत्काईदिएपछि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा सहित जिल्लाको सुरक्षा निकायका ३ वटै प्रमुखहरु सहितको अनुगमन टोलीले अनुगमन गरेको छ ।

सोही अनुगमनटोली सँगै गएका डिभिजन वन कार्यालयका प्रमुख सिंहलाई वडा अध्यक्ष चौधरीले अभद्र व्यवहार गरेपछि उनलाई वनरक्षकको टोलीले पक्राउ गरेको हो ।

वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बारामा लगिएको छ ।


सम्बन्धित समाचार