Logo

२७ फागुन,काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज शनिवार संसद भवनमा पुगेर सत्तापक्ष गठबन्धनको तर्फबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्यो । निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ ।

आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ ।रामसहायप्रसाद यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ ।

यस्तै समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनुभएको छ ।उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए देशको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संव्रद्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्छु ।’


सम्बन्धित समाचार