Logo

२७ फागुन, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकास्थित वडाध्यक्षको कुर्सीको दुरुपयोग भैरहेको रहस्य बाहिरिएको छ ।

जिराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास थारुको कार्यकक्षमा रहेको कुर्सीमा स्थानिय बिशाल चौधरीले फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि सो रहस्य बाहिरिएको हो ।

स्थानिय चौधरीले वडाध्यक्षको कुर्सीमा बसेर खिचेको फोटोको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भईरहेको छ । यस बिषयमा गाउँपालिका अध्यक्ष अनोज चौधरीसँग बुझ्दा वडाध्यक्षको गैरजिम्मेवारपनका कारण उक्त घटना भएको आरोप लगाउनुभएको छ ।

साथै उहाँले सो विषयमा छानविन गरि दोषीलाई कारबाही गरिने आश्वासन दिनुभएको छ । वडाध्यक्ष थारु बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।


सम्बन्धित समाचार